पोखराका उद्यमी महिलाहरुको सामाजिक संस्था ‘जोन्टा क्लव अफ पोखरा’ को दोस्रो साधारणसभाले अध्यक्षमा मोनिका थापालाई चयन गरेको छ।
क्लबको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेकाे हाे । नवनिर्वाचित अध्यक्ष थापा मन्टेश्वरी किण्डरहाेम पाेखराकी डाइरेक्टर हुन् । क्लबकाे निवर्तमान अध्यक्ष लीना श्रेष्ठ गोशली हुन् । क्लबकाे उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्यालाई चयन गरेको छ।
यस्तै, क्लबको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरशिप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एण्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरशिप डाइरेक्टरमा नम्रता दाहाल, यूएन कमिटी डाइरेक्टरमा सविता श्रेष्ठ र पव्लिक रिलेसन एण्ड कम्युनिकेसन डाइरेक्टरमा कल्पना भट्टराई कार्की चयन भएका छन् ।
जोन्टा ईन्टरनेसनलसंग आवद्ध जोन्टा क्लव अफ पोखरा २०१९ मा स्थापना भएको क्लब हो । व्यवसायिक महिलाहरु मात्र सदस्य हुने यस क्लबमा हाल २७ जना सदस्य रहेका छन् ।
क्लबले विशेषगरी महिला सशक्तिकरण, महिला माथि हुने हिंसा र विभेद विरुद्ध सचेतना कार्यक्रम, महिलामा हुने मासिक रजस्वला विरुद्ध हुने हिंसा, यातना सम्बन्धित सचेतना कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?