कास्की जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा (एमाले) एक्लैको स्पष्ट बहुमत छ। कास्कीका पाँच स्थानीय तहका १० जना मतदातामध्ये ६ जना एमालेका छन्।
पोखरा महानगरपालिकाका उपमेयर, रुपा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, मादी गाउँपालिकाका उपाध्यक्ष, अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ६ जना एमालेबाट निर्वाचित छन्। बाँकी चारमध्ये तीन जना कांग्रेस र एक जना नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित हुन्। कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र मादीका अध्यक्षमा निर्वाचित छन्। यस्तै‚ एकीकृत समाजवादीबाट पोखराका मेयर निर्वाचित छन्।
नेपालको संविधानको धारा २२० मा जिल्ला सभामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य हुने व्यवस्था छ। जिससमा प्रतिनिधि चुन्ने निर्वाचनमा पालिकाका मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष मतदाता हुन्छन्।
जिससमा एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक गरी बढीमा नौ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ। २०७४ सालमा एमालेका बैनबहादुर अधिकारी र सावित्रा भण्डारी कास्की जिससको प्रमुख र उपप्रमुखमा चुनिएका थिए।
स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि चुनिएसँगै राजनीतिक दलहरू जिससको गठनको तयारीमा लागेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जेठ २३ मा जिससको निर्वाचन गराउने तयारी गरे पनि पक्का भइनसकेको सूचना अधिकारी नील पनेरुले बताए। संवैधानिक प्रावधान अनुसार‚ गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बसिसक्नुपर्छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ