काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा घमण्ड नदेखाउन आग्रह गरेका छन्।
काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट निर्वाचित पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनावमा ठूलो दल भएकोमा घमण्ड र अहङ्कार नदेखाउन कांग्रेसलाई आग्रह गरेका हुन्। उनले विगतमा एमालेलाई अहङ्कार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहङ्कार आउने हो कि भन्ने डर देखिएको बताए।
उनले भने – ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन्। माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठुलो बनाउँछ। कहिले कांग्रेसलाई ठुलो बनाउँछ। कहिले एमालेको दम्भ बढाइदिन्छ। अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ। कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई। अब यो हाम्रो बाध्यता पनि छ। आवश्यकता पनि छ। हाम्रा कतिपय कमीहरु पनि होलान्। हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि। तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो ग¥यो। हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो। अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो। हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ। हाम्रो अर्को केही छैन। हामी गठबन्धन लाने। तर हामी चिन्तित छौँ यतिबेला। फेरी कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’
उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए। अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए।
सम्बन्धित खबर
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य
सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल (मन्तव्यको पूर्णपाठ)
रास्वपाको सचिवालय बैठकमा अनुशासनको कारबाहीदेखि जिल्ला समिति विघटनसम्मका एजेन्डा
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य