काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा घमण्ड नदेखाउन आग्रह गरेका छन्।
काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट निर्वाचित पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनावमा ठूलो दल भएकोमा घमण्ड र अहङ्कार नदेखाउन कांग्रेसलाई आग्रह गरेका हुन्। उनले विगतमा एमालेलाई अहङ्कार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहङ्कार आउने हो कि भन्ने डर देखिएको बताए।
उनले भने – ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन्। माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठुलो बनाउँछ। कहिले कांग्रेसलाई ठुलो बनाउँछ। कहिले एमालेको दम्भ बढाइदिन्छ। अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ। कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई। अब यो हाम्रो बाध्यता पनि छ। आवश्यकता पनि छ। हाम्रा कतिपय कमीहरु पनि होलान्। हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि। तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो ग¥यो। हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो। अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो। हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ। हाम्रो अर्को केही छैन। हामी गठबन्धन लाने। तर हामी चिन्तित छौँ यतिबेला। फेरी कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’
उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए। अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए।
सम्बन्धित खबर
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
‘७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफू काँग्रेस बनाउन लाग्नुहोस्’ : मुख्यमन्त्री पाण्डे
नयाँ दलको जमानत जफत हुने गरी काम गर्नुस् : रवि लामिछाने
बिप्लव पुत्रको बिहे जनवादीः इन्गेजमेन्ट पार्टी प्यालेसमा, रिसेप्सन होटलमा
नेपालबाट भैँसीको मासु लैजान चीन तयार
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि