काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्।
नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन्।
उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे।
भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए ।
सरकारले २१ जेठ २०६३ मा देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन्। तर, छुवाछुत अन्त्य समूल रूपमा भने भएको छैन।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि