काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन्।
मन्त्रालयले समस्या समाधान नगरी जनतासँग धम्कीको भाषा प्रयोग गरेको बताउँदै नागरिकबाट अवज्ञा हुनसक्ने चेतावनी समेत दिए। उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए। जबर्जस्तीलाई बन्द गरियोस् र होइन भने नागरिकले अवज्ञा गर्ने उनले बताए।
यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरेका हुन्।
सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो। अहिले प्रदेश–२ को नामाकरण भइसकेको छ भने अब प्रदेश–१ को मात्रै नामाकरण बाँकी छ।
वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ। २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?