काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन्।
मन्त्रालयले समस्या समाधान नगरी जनतासँग धम्कीको भाषा प्रयोग गरेको बताउँदै नागरिकबाट अवज्ञा हुनसक्ने चेतावनी समेत दिए। उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए। जबर्जस्तीलाई बन्द गरियोस् र होइन भने नागरिकले अवज्ञा गर्ने उनले बताए।
यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरेका हुन्।
सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो। अहिले प्रदेश–२ को नामाकरण भइसकेको छ भने अब प्रदेश–१ को मात्रै नामाकरण बाँकी छ।
वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ। २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’