लोसपाले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र

लोसपाले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र

losapa-priminister

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

मंगलबार लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग लोसपाले समेटेको छ।

कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्नेलगायतका विषय पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ