दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती वलीले मिना भण्डारी बस्नेत र उनकी तीन वर्षीया छोरीमाथि हातपात गरेपछि स्वास्थ्यराज्यमन्त्री वलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ। राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीनाको भनाइ छ।
मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेको खुलेको छ।
गत वर्ष विमला वली र एकराजको अस्वाभाविक फोटोसमेत बाहिरिएको थियो। तर, वलीले एकराजले फोटोसप गरेर तस्वीर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएकी थिइन्।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। आरोपित राज्य मन्त्री वलीलाई भने जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ। वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएको थियो। उपचुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी वली अहिले नेकपा माओवादी केन्द्रमा छिन्।
यसैबिच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।
सम्बन्धित खबर
आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द
पासपोर्ट ठेक्का प्रकरणमा सरकारले अख्तियारलाई तर्साएर पङ्गु बनायो: गगन थापा
शिक्षामन्त्री सस्मितलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत
‘एमसीसी पास गरिहाले, सेनाले एसपीपी अघि बढाउँदैछ, नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो’
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर