गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। लागु औषध विरुद्ध सचेतना जगाउने उदेश्यले पोखरामा एक हप्ते सचेतना ‘एन्टी ड्रग क्याम्पेन’ शुरु हुने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा असार ६ गतेदेखि १२ गतेसम्म पोखरा सभागृहमा उक्त कार्यक्रमको आयोजना गरिने कास्कीका प्रहरी उपरीक्षक गणेश थापाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
थापाका अनुसार सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते विभिन्न सांगितक कार्यक्रम तथा लागू औषध सम्बन्धी सचेतना, ७ गते कास्की जिल्लामा रहेका पुनर्स्थापना केन्द्रमा रहेकाहरुसँग अन्तरक्रिया, ८ गते पोखराका औषधी विक्रेताहरूसँग अन्तरक्रिया, ९ गते विभिन्न स्कूल तथा कलेजहरूका विद्यार्थीहरूसँग अन्तरक्रिया, १० गते सम्बन्धित विषय विज्ञसँग टि.भी. टक शो कार्यक्रम, ११ गते समुदाय भेटघाट र अन्तरक्रिया र १२ गते अन्तराष्ट्रिय लागु औषध दिवसको उपलक्ष्यमा पोखरामा साइकल र्याली सहित समापन गर्ने कार्यक्रम रहेको एसपी थापाले जानकारी दिए ।
कार्यक्रमको पहिलो दिनको सांगितिक कार्यक्रमका लागि पोखराका र्यापर आशिष राना ‘लाहुरे’ ले प्रस्तुति दिनेछन्।
र्यापर लाहुरे लागु औषध कसुर मुद्धामा ५६ दिन जेलमा बसेर केही समय अगाडि छुटेका हुन्। उनले आफू जेलमा रहँदा कास्की प्रहरीको सकारात्मक व्यवहारका कारण छोटो समयमा लागु औषध छोड्न सफल भएको बताए। उनले अगाडि भने – “मानिसलाई सकारत्मक व्यवहार गरे सकारात्मक हुन्छ, नकारात्मक व्यवहार गरे नकारात्मक हुन्छ, कास्कीको प्रहरीका दाइहरु र साथीहरुले मलाई सकारात्मक व्यवहार गर्नुभयो, जसको कारण म छिटो पोजेटिभ भएर फर्किएँ।” र्यापर रानाले आफ्ना अडियन्सहरु युवा उमेरका भएकाले र आफूपनि कुलतबाट भर्खर छुट्न सफल भएकाले यस सचेतना कार्यक्रम मार्फत सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए। उनले कार्यक्रममा आफ्नो प्रस्तुतिका साथै आफ्ना अनुभवहरु पनि सुनाउने बताए।
लागु औषधको कुलतमा कसरी फस्नुभयो ? र अबको अगाडिको यात्रा कसरी शुरु गर्नुहुन्छ ? भन्ने प्रश्नमा र्यापर लाहुरेले ‘कलेजबाट नै लागु औषधको लतमा फसेको बताए। उनले त्यो समयमा मन चन्चल हुने र दिमागमा सोच पनि धेरै आउने हुँदा मन र दिमाग बीचको द्वन्दले सही दिशा लिन नसक्दा आफू दुर्व्यसनीमा फसेको बताए। उनले अबका दिनमा सकारात्मक सोच र मेहनतका साथ अगाडि बढ्ने बताए।
कार्यक्रमलाई ‘नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट’ कलेज, रिकभरी नेपाल र गोल्डेन आइटिभीले सहकार्य गरेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते