पोखरा । पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् ।
२ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पार गर्दै महिलातर्फ उषा प्रथम भएको आयोजकले जनाएको छ ।
पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भएको आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मल्ले २ घण्टा ३७ मिनेट ५० सेकेन्डमा र विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा निर्धारित ४५ किलोमिटर दुरी पार गरे ।
महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भए । मगरले ३ घण्टा ३३ मिनेट ७ सेकेण्ड र तामाङले ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा ४५ किलोमिटर पुरा गरेका हुन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा पोखरा, काठमाडौँ, गोरखा, बुटवललगायत ठाउँका ८१ खेलाडी सहभागी थिए । पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी भएको सहआयोजक साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवद्र्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले खेलकुद एकताको प्रतिक भएको उनले बताए । ‘देशमा सबै कुरा विभाजित छन् । तर, खेलकुदले विभिन्न ठाउँमा रहेकालाई एकै ठाउँमा ल्याउँछ,’ मेयर आचार्यले भने, ‘खेलकुद प्रवद्र्धन र खेलाडी उत्पादनमा हामी जोड दिन्छौँ ।’
महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलोपटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको र निरन्तरता दिने बताए । पोखरामा साइक्लिङको सम्भावना भएको र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले साइक्लिङ प्रवद्र्धनमा जोड दिने उनको भनाइ थियो ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’