गोरखा । गोरखामा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।
सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर शुक्रबार राति मृत्यु भएको हो।
घटना शुक्रबार राति भए पनि शनिबार बिहान मात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए। एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ।
आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्णरूपमा नष्ट भएको छ। विस्फोटपछि भएको आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ भने महिलाको शरीर पूरै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घरभित्र प्रयोग गर्दै आएको ग्यास सिलिण्डरसमेत विष्फोट भएको अवस्थामा फेला परेकाले ग्यास सिलिण्डर विस्फोटपछि आगलागी भएको प्रहरीको अनुमान छ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि