पूर्वसञ्चारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, चुनाव चिन्ह ‘घण्टी’

पूर्वसञ्चारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, चुनाव चिन्ह ‘घण्टी’

rastriya-swatandra-party1

काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन्।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा लामिछानेले नयाँ दल निर्माणको घोषणा गरेका हुन्।

उनले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखेका छन्।

उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएको जानकारी दिए।

पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ