गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्पको धक्का

गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्पको धक्का

Earthquake vector frequency wave graph, seismic activity

 गोरखा । गोरखामा पनि आज बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ।

बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो।

आरुघाट गाउँपालिकाको थुमीमा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ।

यसअघि आजै बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ