पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले विभिन्न माग राख्दै पोखरामा वृहत हस्ताक्षर संकलन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरोध, भ्रष्टाचार न्यूनिकरण र अमेरिकासँग हुन लागेको एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) सम्झौताको विरोधमा पार्टीले हस्ताक्षर संकलन अभियान चलाएको हो । पोखरामा भएको यो अभियानका क्रममा करिब १६ हजार जनाले हस्ताक्षर गरेको पार्टीको दाबी छ ।
पोखराको अमरसिंहचोक, चिप्लेढुंगा र पृथ्वीचोकमा दुई दिन लगाएर हस्ताक्षर संकलन गरेको राप्रपपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । साथैऽ हस्ताक्षरको क्रममा हालै गण्डकी प्रदेश सरकारले बढाएको सवारी करको पनि विरोध गरिएको उनले जनाए । विभिन्न स्थानबाट दुई दिन लगाएर संकलन भएको हस्ताक्षर विहिबार पार्टीले मूख्यमन्त्री कार्यालयमा बुझाएको छ ।
मूख्यमन्त्री कार्यालयमा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै पार्टीले तत्काल आफ्ना मागहरु पुरा गर्न सरकारसमक्ष आग्रह गरेको छ । ‘सरकारले जनतालाई सुविधा दिनुको साटो उल्टोे बोझ थप्ने काम गरेको छ । जुन कुरा व्यवहारिक छ्रैन । यस्ता जनतामारा निर्णयहरुको राप्रपा सँधै विरोध गरिरहन्छ ।’ राप्रपा कास्कीका अध्यक्ष गुरुङले भने ।
राप्रपा कास्कीले यसअगाडि पनि शान्तिपूर्र्ण रुपमा महंगी र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आईरहेको छ । ‘हामीले अहिलेसम्म जनताको सवाल र अधिकारको विषयमा शान्तिपूर्ण आवाज निरन्तर रुपमा उठाउँदै सरकारलाई खबरदारी गरिरहेका छौँ ।’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने–‘यद्यपि राज्यले हाम्रो मागको सम्बोधन गर्नेतर्फ उतिसाह्राे ध्यान दिईरहेको छैन ।’ राज्यले आफूहरुको मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिए आन्दोलनले फरक रुप लिन सक्ने पार्टीले जनाएको छ ।
सरकारले जनतामारा काम गरिरहने र आफूहरुको माग सम्बोधन नगर्ने हो भने आन्दोलनमा बल प्रयोग हुन सक्ने पार्टीले जनाएको छ ।

सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?