पोखरा । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् ।
हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ ।
हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार फाइनल खेल अघि गरिएको पत्रकारसम्मेलनमा बोल्दै आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले आफुहरुले एभिनियर क्लबसंग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफुहरुलाई खेल जित्न भन्दापनि खेलमा अनुभव लिनु ठुलो कुरा रहेको बताए । ‘खेलमा हार जित त हुन्छ नै । हामीपनि जितेरै यहाँसम्म आइपुगेका हौँ तर, एभिनियरसंग खेल्नु भनेको हाम्रो लागि नयाँ हो । हामीले विदेशी टिमसंग खेल्ने अनुभव घरमै लिने अवसर प्राप्त गरेका छौँ’ उनले भने । एभिनियर शारिरीक रुपमा बलियो रहेपनि आफुहरु त्यसका लागि तयार अवस्थामा रहेको सुनाए । हेम्जाका खेलाडी कमल थापा मगरले आफुहरु जित्नका लागि खेल्ने बताए । उनले टिम राम्रो रहेकाले सोहि अनुरुप खेल प्रदर्सन गर्ने बताए ।
एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । ‘फाइनल खेल हो सजिलो रुपमा हेर्न भएन । खेलमा हार जित त हुन्छ । हामीले पनि खेल्ने नै हो’ उनले भने,‘हेम्जा पनि राम्रो टिम छ । हामी पुरानै फर्मेसनमा खेल्छौँ । हाम्रा केहि खेलाडीले फाइनल गुमाउने हुदाँ हामीलाई अलिकति प्रभाव भने पर्नेनै छ । ’
एभिनियरका गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफुहरु जित्नका लागि आएको र फाइनल खेल उचाल्न भरपुर मिहेनत गर्ने बताए ।
असार असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष