नेकपा एमालेले अवराेध गर्दा पाेखरा महानगरपालिकाकाे बजेट प्रस्तुत गर्ने नगर सभाकाे बैठक अवरूद्ध बन्याे । कानुनानुसार असार १० गते नै स्थानियतहले बजेट ल्याउनुपर्ने भएकाले बेलुकी मात्रै नगरसभा सुचारू भयाे । नियमत: नगरसभामा बजेट पेश गरी सभाले पारित गरिसकेपछि मात्रै बजेट कार्यक्रम पुस्तिका (रातो किताब) प्रकाशन हुन्छ । तर, पोखरा महानगरपालिकामा नगरसभामा बजेट पेश हुनुअगावै रातो किताब प्रकाशन गरेपछि हंगामा भएको हाे ।
शुक्रबार दिउँसाे ४ बजेका लागि पाेखरा सभागृहमा पाेखराकाे ११ औं नगर सभाकाे आयाेजना गरिएकाे थियाे । महानगरका मेयर धनराज आचार्यकाे अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेकाेमा एमालेबाट निर्बाचित नगर सभा सदस्यहरुले नाराबाजी गर्दा सभा सुरू हुन सकेन । नेकपा एमालेका जनप्रतिनिधि पाेखरा १७ की अध्यक्षा राधिका शाही याेगीले रातो किताब च्यातिन्र । एमालेकाे बहिस्कारकै कारण नगरसभा ३ घन्टा रोकियाे ।
नगर सभामा महानगरका उपप्रमुखले बजेट प्रस्तुत नगर्दै राताे किताब बाँडिएपछि एमालेका नगर सभा सदस्यहरुले सभा बहिस्कार गरेका थिए । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले राताे किताब छाप्नु गल्ती हाे भन्दै माफी मागेपछि नगर सभा सुरु भएकाे हाे ।
एमालेकाे नाराबाजीपछि लगत्तै बसेकाे सर्बपक्षीय बैठकमा राताे किताब छाप्नु गल्ती भएकाे भन्दै नगर प्रमुख र प्रमुख प्रशासकीय प्रमुखले माफी मागेकाे एमाले नेतृ याेगीले बताइन् । ‘३३ ओटै वडाका बजेट, महानगरको बजेटको बारेमा सेतो किताब आउनुपर्ने हो। त्यसपछि सेतो किताब आएपछि सबैले आफ्नो क्षेत्रको बारेमा हरेर सुझाव दिएपछि रातो किताब आउनुपर्ने हो,’ उनले भनिन्, ‘यहाँ त हामीहरू १७० जनालाई बाहिर राखेर छलफल नै नगरी रातारात रातो किताब छापेर मनलाग्दी तरिकाले बजेट ल्याइएको छ। उपप्रमुखज्यूलाई समेत थाहा नहुने कस्तो रातो किताब हो त्यो ?’
एमालेबाट निर्वाचित उपमेयर गुरुङले पनि आफूलाई रातो किताबबारे जानकारी समेत नदिइएको बताइन् । ‘हलमा आउँदै गर्दामात्रै थाहा पाएँ’ गुरुङले भनिन् ।
एमालेका सदस्यहरू बाहिरिएपछि नगर प्रमुख धनराज आचार्यले कार्यक्रम स्थलमा आएको बजेटबारेको किताब रातो किताब नभएको बताएका छन्। उनले एमालेका सदस्यहरूलाई सभामै बस्न अनुरोध गर्दै महानगरस्तरीय योजनाहरू वडाबाट आउन बाँकी रहेका कारण रातो किताब नै नआएको उल्लेख गरे।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर