पोखरा । युआरएलले पोखरा ३० को शिशुवाबाट सेवा आरम्भ गरेको छ। यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ।
पोखरा ३० को शिशुवा अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए। सेवा सुरुआतको अवसरमा शनिबार युआरएल शिशुवा परिसरमा निशुल्क शिविर आयोजना गरिएको छ।
अध्यक्ष पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउने गरी लागेको उल्लेख गरे। शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त जाँच सित्तैमा गरिएको छ।
कार्यक्रममा काठमाडौं टिचिङ अस्पतालका मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा नरेश पराजुलीले टिजी र मधुमेहका कारण, निदान र अपनाउनुपर्ने सावधानीबारे प्रकाश पारे। उनले मधुमेह, टिजी जस्ता नसर्ने रोगका लक्षण सुरुमा नदेखिने, कहिलेकाही अन्तिम अवस्थाबारे पुगेपछिमात्र देखिने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरी रोग लाग्नै नदिन आग्रह गरे।
शिविरमा ३ सय ८ जनाको सित्तैमा रगत जाँच गरिएको छ । अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत विशेष छुट दिइएको छ। युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पुर्याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए। उनले आर्थिक रुपमा सम्पन्न र विपन्न दुवैलाई गुणस्तरीय सेवा दिन सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढेको उल्लेख गरे । चाडै पोखराको विरौटा र चाउथेबाट समेत सेवा दिइने उनले बताए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, युआरएलका सेयर सदस्य डा वसन्त पंगेनी, पोखरा ३० का वडा सदस्य उमा परिवार लगायतले बोलेका थिए।
युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १४ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’