कृषि प्रधान देश नेपालमा ११ महिनामा १६ अर्बको फलफूल भित्रियो

कृषि प्रधान देश नेपालमा ११ महिनामा १६ अर्बको फलफूल भित्रियो

falful-fruit

काठमाण्डौ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवका ११ महिनामा १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको छ । मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिएको हो।

चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण रु १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । जसमा सबैभन्दा धेरै स्याउ चीनबाट भित्रिएको छ।

यासबाहेक चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको छ भने, चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ