पोखरा। छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७८ को तयारी पुरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागेको छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी पुरा गरेको हो।
आगामी शनिबार दिउँसो ३ बजेपछि पोखरा सभागृहमा हुने उक्त समारोहमा विगतमा जस्तै लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष/ महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ७ विधामा अवार्ड तथा सम्मान गरिनेछ।
आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गर्ने जनाइसकेको छ। भट्टराईलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ।
मनोनयन सूचीमा परेकामा वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा, र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र कराँतेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका शृष्टि जैशी र बक्सिङका शाहील लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा रहेका छन्। तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट एक जनालाई अवार्ड प्रदान गरिनेछ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वरालका अनुसार उत्कृष्ट वर्ष खेलाडी पुरुष – महिलाले tailg ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी पाउनेछन् । भने, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघले नगद पैंतिस हजार र ट्रफी प्राप्त गर्नेछन्।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च लगायतका संघ संस्थाले सहयोग गरेका छन्।
अवार्ड समारोहलाई थप आकर्षण बनाउन गायक विनोद वानियाँ, सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, हाँस्यकलाकार युवराज भण्डारी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिब्वाइजको बिबोइङ डान्स, गजल वाचन र डेमोस्ट्रेशन लगायतका प्रस्तुति रहने छन्।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’