काठमाडौं । महानायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए।
भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन।