काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ। यस्तै, पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ।
उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ। समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने उनले जानकारी दिए।