पोखरा कलेज अफ म्यानेजमेन्ट ‘पिसिएम’ मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम गरे । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा २ सेक्सनका ७७ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर प्रस्तुतिकरण राखे ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताए । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरु शोभाकान्त सिग्देल, फडिन्द्र अकिञ्चन र प्रतीक्षा काफ्लेले विद्यार्थीको प्रस्तुतीकरणमा टिप्पणी गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी आदित्य अधिकारी बताउँछन् ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत २ दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सयभन्दा बढी विद्यार्थी बिबिए र बिसिआइएस (आइटी) अध्ययन गरिरहेका छन् ।


सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?