पोखरा । पत्रकार तथाएबिसी टेलिभिजनकर्मी गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन्।
स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन्। उक्त बिरामी कुरुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरत बहादुर खत्रीलाई हस्तातरण गरे।
सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको बताए। ‘भाईपनि सानै उमेरमा सम्झनामै सिमित भएको थियो, उनले भने, ‘त्यही बच्चा वार्डमा बिरामी कुरुवाहरुलाई सहज हुन्छ भन्ने उद्देश्यले सहयोग गरेको हुँ।’
उनले सोही प्रसंगमा धर्म कमाउन मन्दिर नै जान नपर्ने बताए। ‘धर्म कमाउन मन्दिरमै गएर भेटी चढाउनु पर्छ भन्ने छैन, रानामगरले भने, ‘आफुलाई मनमा शान्ती मिल्ने गरि अस्पताल र वृद्धाश्रममा पनि दान गर्न सकिन्छ।’
यसैगरि सो समाग्री ग्रहण गर्दै अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले सहयोगका लागि आभार व्यक्त गरेका थिए । उनले अस्पतालमा विशेष गरी फलामका कुर्ची तथा बेन्चहरु सहयोग आउँने बताउदै टिकाउ नहुने धारणा राखे। डाक्टर खत्रीले सहयोगी दाताहरुलाई काठले बनेका समाग्रीहरु प्रदान गर्न समेत सुझाएका थिए।
स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बुढीलेकका पत्रकार रानामगरका भाई स्वर्गीय कुलदिप रानामगर (अर्जुन) ले ७ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका थिए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’