पोखरा । आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति देशभर मनाइँदैछ। नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरू मध्ये आज परेको साउने सङ्क्रान्तिको विशेष महत्व रहेको छ ।
वैशाख, कार्तिक र माघ महिनाको १ गतेका संक्रान्तिहरुलाई पनि महत्त्वपूर्ण मानिन्छ । तर विशेष रूपमा माघे सङ्क्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष मानिने गरेको छ ।
सङ्क्रान्ति चाडलाई विशेषतः सूर्यसँग सम्बन्धित मानिन्छ । आज सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्दछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।
यस्तै, साउने सङ्क्रान्तिको दिनमा लुतो फ्याँक्ने पनि गरिन्छ । कर्कट सङ्क्रान्तिमा झुन्डा नाम गरेको राक्षसको पूजा गरेर घरमा भय निवारण गर्न त्यस दिन कण्डारक (राती हिँड्ने) को पूजा गरेर लुतो फ्याँक्ने चलन रहेको छ ।
असार महिनाभर कृषि कर्ममा व्यस्त हुँदा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको बताइन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भइ रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । यो महिनामा विशेष रूपमा हरियो रङ्गका वस्त्र, चुरा र मेहन्दी लगाएर व्रत बसी भगवान् शिवजीको आराधना गर्नाले आफूले चिताएको मनोकामना पुरा हुने विश्वास रहेको छ ।
सम्बन्धित खबर
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषी छन्: राजेन्द्र लिङदेन
पूर्वराजा शाहको स्वागतमा त्रिभुवन विमानस्थलमा समर्थकको भीड
एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए: गगन थापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
संसद विघटनविरुद्ध मुद्दामा सर्वोच्चले तोक्यो फागुन ८ गतेलाई साधारण तारेख
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा