पोखरा। युनाईटेड क्लव पोखराको आयोजनामा निः शुल्क पाठेघर शिविर सम्पन्न भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव पोखराले आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत शनिबार पोखरा महानगरपालिका वडा नम्बर १ कसेरी गैरी गाउँ शान्तिटोलमा महिला दिदिबहिनी हरुलाई लक्षित गरी निःशुल्क पाठेघर शिविरको आयोजना गरेको हो ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहरा प्रधानले युनाईटेड क्लवले पोखरामा सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए । क्लवले स्थापना कालदेखीनै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदीमा काम गर्दै आइरहेको अवस्थामा हाल आएर आफ्नो वडामा महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गरी पाठेघर चेकजांच शिविरको आयोजना गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि युनाईटेड क्लव सँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाए ।

सो अवसरमा बोल्दै वरिष्ठ स्त्री रोग विशेज्ञ डा. रेखा पौडेलले महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सचेत रहनुपर्ने बताउदै विशेष गरी पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या वढ्दो रुपमा देखिएकाले यसबारेमा विशेष ध्यान दिन दिदी बहिनीहरुलाई आग्रह गरिन्। क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले आफ्नो सामाजिक काम अन्तर्गत स्वास्थ्यको क्षेत्रमा पोखरा १ कसेरीमा कार्यक्रम गरी महिला दिदिबहिनीहरुलाई उपचार साथै सचेतना प्रदान गर्न पाउदा निकै खुसी लागेको बताए ।
त्यस्तै रत्ना आमा समुहकी अध्यक्ष माया गिरीले युनाईटेड क्लव पोखराले कसेरी गैरी गाउमा आएर त्यहां भएका दिदी बहिनीहरुको स्वास्थ्य प्रति चासो देखाएकोमा विशेष धन्यवाद ब्यक्त गरिन् । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य उपसमिति संयोजक तथा कार्य समिति सदस्य जयराम आचार्यले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त वहादुर थापाले गरेका थिए ।
सो अवसरमा १ सय ७७ जना महिला दिदिवहिनीहरुले स्वास्थ्य लाभ लिएका थिएभने ९८ जनाले एक्सरे गरेका थिए । शिविरमा वरिष्ठ स्त्री रोग विशेज्ञ डा.रेखा पौडेल, रेडियोलोजिष्ट डा. रोशन पंगेनी, डा. श्रीया थापा, डा. बिन्दु पनेरु, डा. सौरभ झा, फर्मेसिस्ट दिनेश सिग्देल, प्राविधिक खेमराज गिरी, प्राविधिक शान्ति देवि पौडेल, प्राविधक दुर्गा अधिकारी बाँस्तोला, नरहरी पनेरु लगाएतले सहजीकरण गरेका थिए ।
सो अवसरमा रत्ना आधारभूत विद्यालयकी प्र. अ. सीता देवी थापा, टोल सुधार समितिका अध्यक्ष तोरण राणा लामा, रत्ना आमा समुहकी अध्यक्ष माया गुरुङ, शान्ति टोल आमा समूहकी कोषाध्यक्ष, राजकुमारी तामाङ, पूर्व जनप्रतिनिधि सदस्य प्रेम देवि परिवार, मुक्ति समाज की प्रतिनिधि मन माया बि. क., क्लबका निवर्तमान अध्यक्ष लाल काजी गुरुङ, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सचिव दिनेश सुनार, सदस्यहरु सन्तोष कार्की, विष्णु कुमार गुरुङ, चन्द्र कुमारी पराजुली, शिव थापा, आजीवन सदस्यहरु शुशिला श्रेष्ठ, सिद्धि कुमार श्रेष्ठ, कार्यालय सचिव रेजिना खत्री, लोक गायिका लक्ष्मी नेपाली र तारापति सुवेदी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा रत्ना आमा समुहको सहयोग रहेको थियो ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो