पोखराका मेयर धनराज आचार्यले महानगरपालिकाको वेबसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मेयर आचार्यले वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण राखेर बुधबार सार्वजनिक गरेका हुन्।
उनले यो विवरणमा बावुको नाममा रहेको सम्पत्ति समावेश नगरेको जनाएका छन्। अभिभावक र सन्तानका नाममा भएको सम्पत्ति उल्लेख नगरी आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेको उल्लेख गरेका छन्।
सार्वजनिक गरेको विवरणअनुसार मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति छ। जसमा उनले २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।
ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा छ। यस्तै, उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको पनि उल्लेख गरेका छन्।
मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन्। विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उनले विवरणमा भरेका छन्। आचार्य विभिन्न जलविद्युत आयोजनाका लगानीकर्ता छन् भने करिब एक दर्जन व्यावसायिक संस्थामा आवद्ध छन्।
पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा भवन, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा भवन रहेको आचार्यले उल्लेख गरेका छन्। मेयर आचार्यका नाममा पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ।
उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन्। उनीसँग बैंक र हातमा गरी नगद १५ लाख रूपैयाँ भएको समेत सम्पत्ति विवरणमा खुलाएका छन्।
मेयर आचार्यले कुनै पनि वित्तीय गल्ती नगरेको पनि घोषणा गरेका छन्। उनले भनेका छन्, ‘मैले व्यक्तिगत हैसियतमा कुनै पनि बैंक/वित्तीय संस्थाको ऋण चुक्ता गर्न गल्ती नगरेको घोषणा गर्छु।’
यस्ताे छ मेयर आचार्यकाे सम्पत्ति विवरण:
–पोखरा–९ मा श्रीमती पुष्पाकुमारीको नाममा २८९ स्क्यार मिटर जग्गा र २ वटा घर ।
मूल्यः ९ करोड २५ लाख
–काठमाडौं–४ सीता पाइलामा श्रीमती पुष्पाकै नाममा ९ सय २९ स्क्वायर फिट बराबरको २ कित्तामा घर, जग्गा ।
मूल्यः १ करोड ८५ लाख
–पोखरा–११ मा ३५ र ३६ कित्ताको जग्गा र घर
मूल्यः ३ करोड ५० रुपैयाँ
–दोलखामा ८ कित्तामा ५८ रोपनी ७ आना जग्गा
मूल्यः ८७ लाख रुपैयाँ
–बैंक तथा आफूसँग गरी १५ लाख नगद मौज्दात
–२५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी
–२ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर
–कुल सम्पत्तिः ४३ करोड ६१ लाख, ४५ हजार ६ सय १६ रुपैयाँ
–ऋणः २ करोड ८५ लाख रुपैयाँ
–ऋणबाहेकः ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ
–५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर