राष्ट्रिय संगीतकर्मी संघ कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ।
अधिवेशनकाे उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाहले अरुले संस्था कसरी चलाएका छन् भन्दा पनि आफूले कसरी संस्था चलाउने तर्फ सोच्न सबैलाई आग्रह गरेका छन्। अरुको देखासिखी गर्नुको सट्टा आफ्नो हैसियत अनुसार चल्न सबैमा अनुरोध समेत गरेका छन् ।
अधिवेशनले ऋषिराम दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वितीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी कोषाध्यक्षमा राजन सुवेदी, सह सचिवमा रिजोन बस्ताकोटी, सह कोषाध्यक्षमा हरिराज कोइराला तथा सदस्यहरुमा क्रमश सपना सुनार, सोनिया कार्की खत्री, ऋषिराम बास्तोला बाबुराम, सृजना श्रेष्ठ र गंगा परियार रहेका छन्।
कार्यक्रममा संस्थाप्रति योगदान पुर्याउने संस्थाका प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, उपाध्यक्ष सागर कार्की, सह सचिव राजन सुवेदी एवम् पत्रकारिताको माध्यमबाट कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने पोख्रेली पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार छवि सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
नवनिर्वाचित जिल्ला कार्यसमिति, नगर समिति तथा ईकाई संयोजकलाई निर्वाचन मण्डलका प्रतिनिधिहरु विनोद ढकाल, शंकर ढकाल , नारायण प्रसाद सिग्देल, कृष्णप्रसाद गौतम र करण तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह