लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीकाे अवसरमा पोखरामा बिहीबारबाट राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुँदैछ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबारदेखि शनिबारसम्म पोखरा सभागृहमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम हुन लागेको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मोले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगिताका लागि देशभरबाट ४६ टिमले नाम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ६ लाख, द्धितीय हुने समूहलाई ४ लाख, तृतीय हुनेलाई २ लाख र सान्त्वना हुने समूहलाई १ लाख पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५०-५० हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए ।
कार्यक्रममा कम्पनी र श्रष्टाहरुबाट अनुमति पाएका भाखाहरुलाई मात्र प्रस्तुत गरिने र रोयल्टी समेत प्रदान गरिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए । इन्दे्रणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेलले कल्याण शेरचनले नेपाली गीत संगीतको क्षेत्रमा पु¥याएको योगदान स्वरुप आफूहरुले प्रतिष्ठानसंग सहकार्य गरेको बताए ।
सो अवसरमा वरिष्ठ लोकगायक नारायण रायमाझी र शिक्षासेवी एवं खेलकुदकर्मी योगेन्द्रबहादुर बस्नेत (मरणोपरान्त) लाई नगद रु. २५-२५ हजार सहित सम्मान पत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगिताबाट ५५ लाख आम्दानी हुने र ३९ लाख पचास हजार खर्च हुने आयोजकले जनाएको छ । बचत १५ लाख ५० हजार रकम शेरचनको सालिक निर्माण तथा लोकबाजा संरक्षणका लागि संग्राहलय स्थापना गरिने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताए ।
शेरचनका सोह्र बर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ, आहा कलिलो तामालाई सोध रामलाई लगायतका गीत चर्चित छन् । वि.सं. २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेका छन् । कार्यक्रमको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको छ ।
सहभागी ४६ टाेली यी हुन्


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ