लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीकाे अवसरमा पोखरामा बिहीबारबाट राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुँदैछ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबारदेखि शनिबारसम्म पोखरा सभागृहमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम हुन लागेको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मोले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगिताका लागि देशभरबाट ४६ टिमले नाम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ६ लाख, द्धितीय हुने समूहलाई ४ लाख, तृतीय हुनेलाई २ लाख र सान्त्वना हुने समूहलाई १ लाख पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५०-५० हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए ।
कार्यक्रममा कम्पनी र श्रष्टाहरुबाट अनुमति पाएका भाखाहरुलाई मात्र प्रस्तुत गरिने र रोयल्टी समेत प्रदान गरिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए । इन्दे्रणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेलले कल्याण शेरचनले नेपाली गीत संगीतको क्षेत्रमा पु¥याएको योगदान स्वरुप आफूहरुले प्रतिष्ठानसंग सहकार्य गरेको बताए ।
सो अवसरमा वरिष्ठ लोकगायक नारायण रायमाझी र शिक्षासेवी एवं खेलकुदकर्मी योगेन्द्रबहादुर बस्नेत (मरणोपरान्त) लाई नगद रु. २५-२५ हजार सहित सम्मान पत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगिताबाट ५५ लाख आम्दानी हुने र ३९ लाख पचास हजार खर्च हुने आयोजकले जनाएको छ । बचत १५ लाख ५० हजार रकम शेरचनको सालिक निर्माण तथा लोकबाजा संरक्षणका लागि संग्राहलय स्थापना गरिने प्रतिष्ठानका अध्यक्ष गुरुङले बताए ।
शेरचनका सोह्र बर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ, आहा कलिलो तामालाई सोध रामलाई लगायतका गीत चर्चित छन् । वि.सं. २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेका छन् । कार्यक्रमको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको छ ।
सहभागी ४६ टाेली यी हुन्


सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’