पोखरा। आइतबार साँझ पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिए पश्चात आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका -२५ हेमजा स्थित पोखरा-बागलुङ सडकखण्डमा पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई अन्दाजी ५ :५० बजेको समयमा ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिए पश्चात मोटरसाइकलमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं -४ लाहाचोक निवासी २७ वर्षीय नवराज नेपाली रहेका छन्।
प्रहरीका अनुसार घटनाको सूचना पश्चात वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको कमाण्डमा खटिएको ९ जनाको टोलीले घाइते नेपालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा आगो निभाउने क्रममा ट्रकका धनी समेत रहेका हेमजा निवासी ४१ वर्षीय क्षेत्र बहादुर कुँवर घाइते भएका छन्। उनको दुवै हात र खुट्टा जलेको छ भने ठक्कर दिने ट्रकका चालक हेमजा लामपाटा निवासी २४ वर्षीय कृष्ण बुढामगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर