काठमाडौं । सप्तकोसी नदीको बाढी उदयपुरको बेलका नगरपालिकाका बस्तीमा पसेको छ।
आज बिहान ४ बजेदेखि बेलका नगरपालिकामा ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको हो।
मंगलबार दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि आज बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको बेलका नगरपालिकाले जनाएको छ। योसँगै नगरपालिका वडा नम्बर २ र ३ का सयौं बस्ती जोखिममा परेका छन्। कोशीले केही घर डुबाएको छ।
कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो।
नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ। डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन्। २०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि यो क्षेत्रमा बस्ती बसेको थियो। ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समात्दा सयौं परिवार विस्थापित हुने देखिएको छ।
कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुरसँगै सुनसरी र सप्तरीका केही बस्तीसमेत डुबानमा पर्नेछन्।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि