विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्छौंः बाबुराम भट्टराई

विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्छौंः बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन्।

हालै जनता समाजवादी पार्टीले कारबाही गरेपछि नेपाल समाजवादी पार्टी गठन गरेको उनले शनिबार पार्टीको पहिलो केन्द्रीय जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताएका हुन्।

भट्टराईले चुनावी रणनीति बनाउन लाग्नुपर्नेमा जोड दिए। ‘निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुछ।’ उनले भने।

भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ