पोखरा । युवा पुस्ताका चर्चित गायक विपुल क्षेत्रीले पोखरा तताउने भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी ह्याप्पी भिलेज-२ स्थित काल्म पोखरामा क्षेत्रीको कन्सर्ट हुनेछ । कार्यक्रम आज साँझ ७ बजेबाट शुरु हुने बताइन्छ । टुबोर्ग बियरको प्रस्तुतिमा कार्यक्रम हुन लागेको हो ।
गायक क्षेत्रीलाई शैलु राई एण्ड दी अफिसर्सले साथ दिनेछन् । क्षेत्रीले ‘सिन्डीकेट’ ‘डँढेलो’, ‘मन’, ‘राम साईंली’ लगायतका थुप्रै गीत प्रस्तुत दिने आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन यकीन गुरुङ र नीशा गुरुङले गर्नेछन् । भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम ‘स्केच अफ दार्जिलिङ’ बाट करिअर थालेका थिए । उनका सन् २०१६ मा ‘माया’ र सन् २०२१ मा ‘समय’ एल्बम रिलिज भएको थियो । वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा र मुग्लान उनका हिट गीत हुन् ।
कार्यक्रमका लागि कलाकारको व्यवस्थापनमा के गरिरा?, टिकेटिङ पार्टनरमा इ-सेवा, हस्पिटालिटी पाटर्नरमा होटल किंग्स, प्रिन्टिङ पाटर्नरमा बाराही प्रिन्टर्स रहेको छ भने चिभास ह्वीस्की, जेम्सन ह्वीस्की, एब्सुलुट भोड्का र ज्याक्व्स क्रिक वाइनले सहयोग गरेका छन् । काल्म पोखराका इभेन्ट म्यानेजर शितल शर्माले भारतमा बसेर नेपाली संगीतलाई विश्वभर चिनाउन सफल गायक विपुल क्षेत्रीलाई पोखरा भित्र्याएर पोखरेलीलाई भरपूर मनोरञ्जन दिलाउन खोजिएको बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो