पोखरा। कास्की प्रहरीले बैकिङ कसुर मुद्धाकी एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा महानगरपालिका -२ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन्।
प्रहरीका अनुसार पुनले आफ्नो नाउँमा रहेको पोखरा फाइनान्स लिमिटेडको बैंक खातामा पर्याप्त मौज्दात रकम नरहेको जान्दाजान्दै कुल बहादुर विकलाई तीन लाख रुपैयाँको चेक दिएकोमा उक्त चेक बाउन्स भएको थियो।
चेक बाउन्स पश्चात विकले पुन विरुद्ध जाहेरी दिएकोमा प्रहरीले बैकिङ कसुर मुद्धा दर्ता गरी पुनलाई पक्राउको अनुमति लिएको थियो।
जाहेरी पश्चात फरार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं -८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
पुनले विभिन्न व्यक्तिहरूलाई U.K. पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो सामाजिक सञ्जालमा मार्फत आएको भन्दै कोही पीडित व्यक्तिहरु भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन प्रवक्ता तिवारीले आग्रह गरेका छन्।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर