पोखरा। कास्की प्रहरीले बैकिङ कसुर मुद्धाकी एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा महानगरपालिका -२ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन्।
प्रहरीका अनुसार पुनले आफ्नो नाउँमा रहेको पोखरा फाइनान्स लिमिटेडको बैंक खातामा पर्याप्त मौज्दात रकम नरहेको जान्दाजान्दै कुल बहादुर विकलाई तीन लाख रुपैयाँको चेक दिएकोमा उक्त चेक बाउन्स भएको थियो।
चेक बाउन्स पश्चात विकले पुन विरुद्ध जाहेरी दिएकोमा प्रहरीले बैकिङ कसुर मुद्धा दर्ता गरी पुनलाई पक्राउको अनुमति लिएको थियो।
जाहेरी पश्चात फरार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं -८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
पुनले विभिन्न व्यक्तिहरूलाई U.K. पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो सामाजिक सञ्जालमा मार्फत आएको भन्दै कोही पीडित व्यक्तिहरु भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन प्रवक्ता तिवारीले आग्रह गरेका छन्।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’