आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

Sombar

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ। साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ।

ट्रेन्डिङ