पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जन सँग जोडिनु पर्ने बताएकी छन्।
नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्वारा आयोजित महिला जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बताइन्।
बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो।
पालिकामा महिला तथा बालबालिका सम्बन्धित धेरै शिर्षकमा रकमान्तर गरिएको हुन्छ उनले भनिन्। त्यसको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुनु पर्ने आवश्यकता औल्याइन्।
स्थानीय निर्वाचनमा गठबन्धनको कारण महिला जनप्रतिधिको संख्यामा कमि आएकोमा दुःख व्यक्त गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्पm महिलाको संख्यामा बृद्धि गर्न सबै राजनैतिक पार्टी गम्भीर हुनु पर्नेमा उनको जोड थियो।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनारले समाजमा हुने प्रत्येक विभेदको अन्त्यका लागि टोलटोलमा सचेतना कार्यक्रमको खाँचो औल्याउँदै चेतनामूलक अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन्।
मध्यविन्दू नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले पालिकाले जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् सिपमूलक तालिममलाई जोड दिंदै आएको जानकारी दिंदै न्याय सम्पादनमा योग्य जनशक्तिको खाँचो औल्याइन्।
महिला जनप्रतिनिधि र विभिन्न संघसंस्थामा आवद्ध महिला गरि कूल ५० जनाको सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले समाजमा हुने जातीय, लैङ्गिक र क्षेत्रीय विभेदको अन्त्यका लागि कानूनी तथा आर्थिक समृद्धिका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
सम्बन्धित खबर
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि