पोखरा । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ ।
पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो।
मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन्।
तेसै गरि सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी, बाटुली पहारी, टिकाराम परियार, जमुना देवी पहारी, गंगा वहादुर भुजेल, कृष्ण कडेल, चाउरे जलारी, कृष्ण बहादुर खडका, लक्ष्मी भुजेल, हरिकला पहारी, नन्द कुमारी श्रेष्ठ, शिबराज आर्चाय र उमा देवी तिमिल्सीना चयन भएका छन्।
यस्तै गरि भेलाले वडा अध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा वडा सदस्यहरु बासु बाराल, दिपेन्द्र पहारी, पबित्रा थापा, शोभाजालारी र वडा सचिब कुलराज पौडेल सहित पत्रकार गणेश पहारी, प्रशुराम पहारी, होमनाथ पहारी, सुर्यनाथ पहारी र लक्षण थापा रहेको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको पोखरा महानगर पालिका वडा नं– ६ वडा सदस्य बासु बरालले जानकारी दिए।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले ‘जेष्ठ नागरिकहरु देशकै गहनाका रुपमा रहेकाले उनिहरुको मान सम्मान र हेरचाहमा सवै लाग्नु पर्ने बताए छन्।’ वडा कार्यलय बाट पाउँनु पर्ने सेवा सुविधाहरुलाई जेष्ठ नागरिकहरुको घर दैलोमा पुुर्याउँनेमा आफु कटिबद्ध रहको बताउदै शौचालय सहित बाटो र पुटपाथहरुलाई जेष्ठ नागरिक मैत्रि बनाउने योजना रहेको सुनाए। जेष्ठ नागरिकहरुलाई गित संगितको माध्यमबाट मनोरञ्जनका दिने उद्ेश्यले डाक्टर द्धारा स्वास्थ्थ परिक्षण गर्नेका लागि आफुले एक लाख पचास हजार रुपैयाको बजेट विनियोजन गरेको उल्लेख गरे।
पोखरा महानग पालिका वडा समितिको कार्यलयका वडा नं– ६ का सचिब कुलराज पौडेलले वडा कार्यालय ६ बैदाममा रहेका जेष्ठ नागरिक, आपाङ्घ, आदिबासी जनजाति र दलित गरि करिब १ हजार जति सदस्यहरुले वडा बाट सेवा सुविधा पाएको जानकारी गराए। सचिब पौडेलले सेवा सुविधा द्धारा लाभान्ति भएका जेष्ठ नागरिकहरुको हकहितका लागि वडा बाट पाउने सेवामा कुनै विभेत नगरेका सुनाए। उनले सवै जेष्ठ नागरिक हरुको घरघरमा प्रत्यक्षरुपमा जान नसकिने हुनाले जेष्ठ नागरिकहरुको पिरमर्का बुझने माध्यम बनाउनका लागि जेष्ठ नागरिक मञ्च गठन गरिको बताए।
नव निर्वाचित अध्यक्ष गिरिराज अधिकारीले ‘जेष्ठ नागरिकाहरुको हकहितका लागि आफु सदैब प्रयत्नशिल भई लागि रहने बताए।’ जेष्ठ नागरिकले वडा कार्यलयबाट पाउँनु पर्ने सेवा सुविधाका लागि वडा कार्यलय सगँ समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु