कांग्रेसले भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

कांग्रेसले भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

congress

काठमाडौं । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।

आज कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराएका हुन्।

अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कायम रहने प्रवक्ता महतले जानकारी दिए।

उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिक भावना अनुसार रुपान्तरण र विकास परियोजनाहरु बारे नागरिकसँगै छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितको लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा जान लागेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds