काठमाडौं । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।
आज कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराएका हुन्।
अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कायम रहने प्रवक्ता महतले जानकारी दिए।
उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिक भावना अनुसार रुपान्तरण र विकास परियोजनाहरु बारे नागरिकसँगै छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितको लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा जान लागेको बताए।
सम्बन्धित खबर
नेपालबाट भैँसीको मासु लैजान चीन तयार
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
‘यो सरकारले सिन्को भाँचेन, जसरी पनि टिपेर मिल्काउनुपर्छ’ – ओली
एमालेले पार्टीका नाममा चलाइएका ‘फेक आइडी र पेज’ सञ्चालकलाई कारबाही गर्ने
मान्छे मारेर सर्वस्वसहित जन्मकैद भोगिरहेका गुन्डा नाइकेलाई राष्ट्रपतिबाट आममाफी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि