कास्की । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ।
भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो। सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले आगामी दिनमा अझै व्यवस्थित बनाउदै थप प्रचार प्रसार गर्नु पर्ने वडा अध्क्षय भरत बहादुर अधिकारीले बताए।
दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहिको होली कास्कीकोटमा मात्र रहेको धार्मीक क्षेत्रविकास समितीका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै नाचगान तथा जात्राहरु निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहिको होली होली खेलेर पर्व मानाउने गरिएको गुपतकालिका मन्दीरका पुजारी वलराम त्रिपाठीले बताए।
विगत ६ वर्ष देखि दहि जात्रालाई स्थानीहरुले दहिको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दीरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।
दहिजात्रा विगत देखि सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले संचालन गर्दे आएका छन्। आगमी दिनहरुमा वडा कार्यालयले नै यो कार्यक्रम संचालन गर्नु पर्ने आवशयकता रहेको वडा सदस्य कृष्ण प्रसाद सुवेदीले बताए। दहि जात्रामा भजन चुट्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो। शनिबार श्रीकृष्ण रथ यात्रा तथा विभिन्न साँस्कृतिक झाँकी तथा दहीको होली खेलिएको हो।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ