कास्की । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ।
भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो। सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले आगामी दिनमा अझै व्यवस्थित बनाउदै थप प्रचार प्रसार गर्नु पर्ने वडा अध्क्षय भरत बहादुर अधिकारीले बताए।
दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहिको होली कास्कीकोटमा मात्र रहेको धार्मीक क्षेत्रविकास समितीका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै नाचगान तथा जात्राहरु निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहिको होली होली खेलेर पर्व मानाउने गरिएको गुपतकालिका मन्दीरका पुजारी वलराम त्रिपाठीले बताए।
विगत ६ वर्ष देखि दहि जात्रालाई स्थानीहरुले दहिको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दीरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।
दहिजात्रा विगत देखि सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले संचालन गर्दे आएका छन्। आगमी दिनहरुमा वडा कार्यालयले नै यो कार्यक्रम संचालन गर्नु पर्ने आवशयकता रहेको वडा सदस्य कृष्ण प्रसाद सुवेदीले बताए। दहि जात्रामा भजन चुट्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो। शनिबार श्रीकृष्ण रथ यात्रा तथा विभिन्न साँस्कृतिक झाँकी तथा दहीको होली खेलिएको हो।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु