तीन बुँदे सहमतिमा निहारिका राजपुतले तोडिन् अनशन

तीन बुँदे सहमतिमा निहारिका राजपुतले तोडिन् अनशन

niharika

काठमाडौं । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द कोइरालाको रोहबरमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र निहारिका राजपुतले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिसँगै राजपुतले विगत १७ दिनदेखि बसेको अनशन तोडेकी छन्।

निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्।

उनको माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाको तर्फबाट सरकारी वकिलले माग गर्ने सहमती भएको छ।

यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गरिने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ