पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित

पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित

pal-shah

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिए पनि स्थगितको निवेदन परेको हो। साथै शाहको तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको छ।

शाह यतिबेला पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।

यसअघि शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिएका थिए । तर, अदालतले निवेदनलाई अस्वीकृत गरिदिएको थियो ।

गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहा पक्राउ परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds