पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले भाद्र १४ गते सचेतनामूलक खुला तिज गित प्रतियोगिता गर्ने भएको छ।
लागुऔषध दुर्ब्यसनि न्युनिकरण, मानव बेचविखन,जवर्जस्ती करणी तथा सामजिक अपराध न्युनिकरण, प्राकृतिक विपत बारे सचेतना र व्यवस्थापन, बाल विवाह तथा बहुविवाह रोकथाम तथा ट्राफिक नियम पालना सम्वन्धि सचेतना जगाउन सामुदायिकले खुला तिज गित आयोजना गर्ने भएको हो।
प्रतियोगितामा सहभागि हुन संघसंस्था, आमा समूह तथा इच्छुकलाई सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले आह्वान गरेको छ। प्रतियोगितामा सहभागि हुन टिममा ७ जनादेखि १५ जनासम्म रहनुपर्ने र टिम दर्ता शुल्क १ हजार रुपैयाँ लाग्ने आयोजनकले बताएको छ। साथै सहभागि टिमले आफ्नो प्रस्तुति प्रस्तुत गर्दा कुनैपनि जात(जाति, राजनितिक दल, कुनै वर्ग र पक्ष विशेष हरुलाई आघात पुग्ने, लाल्छना लगाउने र भावनामा ठेस पुग्ने किसिमका शब्द प्रयोग गरी गाँउन नपाइने आयोजकले जनाएको छ। भाद्र १२ गतेभित्र दर्ता गरिसक्नुपर्ने बताइएको प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ।
त्यस्तै द्वितीय हुनेले २० हजार, तृतीय हुने टिमले १० हजार, सान्त्वताले ५ हजार रुपैया तथा उत्कृष्ट भेषभुषाले नगद ५ हजार प्राप्त गर्नेछन्।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर