पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले भाद्र १४ गते सचेतनामूलक खुला तिज गित प्रतियोगिता गर्ने भएको छ।
लागुऔषध दुर्ब्यसनि न्युनिकरण, मानव बेचविखन,जवर्जस्ती करणी तथा सामजिक अपराध न्युनिकरण, प्राकृतिक विपत बारे सचेतना र व्यवस्थापन, बाल विवाह तथा बहुविवाह रोकथाम तथा ट्राफिक नियम पालना सम्वन्धि सचेतना जगाउन सामुदायिकले खुला तिज गित आयोजना गर्ने भएको हो।
प्रतियोगितामा सहभागि हुन संघसंस्था, आमा समूह तथा इच्छुकलाई सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले आह्वान गरेको छ। प्रतियोगितामा सहभागि हुन टिममा ७ जनादेखि १५ जनासम्म रहनुपर्ने र टिम दर्ता शुल्क १ हजार रुपैयाँ लाग्ने आयोजनकले बताएको छ। साथै सहभागि टिमले आफ्नो प्रस्तुति प्रस्तुत गर्दा कुनैपनि जात(जाति, राजनितिक दल, कुनै वर्ग र पक्ष विशेष हरुलाई आघात पुग्ने, लाल्छना लगाउने र भावनामा ठेस पुग्ने किसिमका शब्द प्रयोग गरी गाँउन नपाइने आयोजकले जनाएको छ। भाद्र १२ गतेभित्र दर्ता गरिसक्नुपर्ने बताइएको प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ।
त्यस्तै द्वितीय हुनेले २० हजार, तृतीय हुने टिमले १० हजार, सान्त्वताले ५ हजार रुपैया तथा उत्कृष्ट भेषभुषाले नगद ५ हजार प्राप्त गर्नेछन्।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि