पोखरामा शुक्रबार भिषण वर्षाको कारण नालीले बगाएर एक बालकको ज्यान गएको छ । वडा नम्बर १६ सुन्दरफिड नजिकैको नालामा परी पोखरा १९ काउरेका ११ वर्षीय बालक रविन तिवारीको मृत्यु भएको हो ।
राति ८ बजे रविन सडकबाट चिप्लिएर नालामा खसेका थिए । रविन आफ्नी आमा र दिदीसँग दर खाएर फर्कने क्रममा उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार बाटोमा हिँडिरहँदा रबिन निर्माणाधीन सडकको नालीमा सिधै खसेर बेपत्ता भएका थिए । स्ल्याबले नछोपिएको उक्त नाली पानीको भेलले सडककै तहमा भरिएको थियो । बाटो नदेखिएकाले अकस्मात् नालीमा खसेर बालकलाई बगाएको स्थानियबासीले बताएका छन् । घार्मीदेखि आएको भलले नाली पुरै पुरिएको थियो ।

तिवारी फर्निचरका संचालक राम्जी तिवारीको छोरा रबिनलाई २ घण्टा खोजीकार्य गरेपछि तल भेटिएका थिए । उनलाई लगत्तै मनिपाल अस्पताल लगिएकोमा पहिल्यै निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिएका छन् ।
पोखरा १६ दीप देखि लामाचौर, बाटुलेचौर सडक खण्डका नाली अत्यन्त असुरक्षित छ । यसअघि पनि २ जनाको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ ।
२०७४ असोज १ गते पोखरा १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापाको खत्री डहरको भेलमा परेर नालीमा डुबेर ज्यान गएको थियो । यस्तै, सोहि वर्ष कार्तिक ४ गते पोखरा १९ का पिजन पुन र श्रवण पुन ग१३प ३११० नम्बरको बाईकमा चढेर लामाचारको डब्लूआरसी पुग्ने बेला नालीमा खस्न पुग्दा पिजन गायब भएका थिए भने श्रवण उछिट्टएिर बाँच्न सफल भएका थिए । बाइक उपल्लो दीपमा फेला परेको थियो ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?