हरितालिका तीज सुरू, आज दर खाने दिन

हरितालिका तीज सुरू, आज दर खाने दिन

teej ko dar

पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ।

पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर दर खाने चलन छ। सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ।

माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ। दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन्। महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने गरेका छन्। गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन्।

तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ