पोखरा। यहाँको पूरानो सामाजिक संस्था पोखरा जेसीजले वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह २०२२’ मनाउने भएको छ ।
जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी भदौ १७ देखि २३ गते सम्म सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं मूल संयोजक कुशल पौडेलले रक्तदान कार्यक्रको आयोजना, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण र सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिने बताए ।
त्यस्तै, कृषि सचेतना तथा माटो परिक्षण, साइबर क्राईम सम्बन्धी सचेतना र अन्तिम दिन ‘युवा नेतृत्व र उद्यमशिलता’ र ‘सफलताको लागि सहकार्य’ शिर्षकमा गण्डकी युवा वक्ता वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने पौडेलले बताए ।
पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने प्रतियोगीलाई १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
पोखरा जेसीजका अध्यक्ष अध्यक्ष मिनराज खड्काले जेसीजले आफ्नो स्थापनाकालदेखि नै १८ देखि ४० बर्ष सम्मका युवाहरुलाई लक्षित गरी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तित्व र नेतृत्व विकासका लागि सक्रिय रुपमा कार्यहरु सञ्चालन गर्दै आइरहेको बताए ।
विभिन्न कार्यहरुमार्फत पोखरा जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अब्बल सावित गर्न सफल भएको उनको भनाइ छ । निवर्तमान अध्यक्ष जेसी इन्जिनियर किरण केसीले जेसीज सामाजिक संस्थामात्र नभइ युवाहरुको संस्था समेत भएको बताए ।
सात दिवसीय कार्यक्रमका लागि ३ लाख १० हजार रुपैयाँ खर्च लाग्ने महासचिव प्रकाश घिमिरेले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कृषि बिकास बैंक लमिटेड रहेको छ । एक्सपर्ट एकुजेशन सहप्रायोजकका रुपमा रहेको छ भने डिस मिडिया नेटवर्क, कुटी रिसोर्ट, कुमारी बैंक लिमिटेड, सर्वोत्तम सिमेन्ट, सर्वोत्तम स्टिल, वृज सिमेन्ट, सुन्दर सोफा तथा फर्निचर उद्योग, एल.एस मोटर्स निशान कम्पनी प्रायोजक संस्थाका रुपमा रहेका छन् ।
पोेखरा जेसीजमा हाल १ सय जना युवाहरु आवद्ध रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह