आज ऋषि पञ्चमी पर्व मनाइँदै

आज ऋषि पञ्चमी पर्व मनाइँदै

rishi-panchami1

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी पर्व मनाइँदैछ। आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन्।

यस पर्वमा व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक पूजा गर्ने र ब्राह्मणलाई दानदक्षिणा दिनुका साथै कर्कलाको तरकारी बनाई एकछाक खाने गर्छन्।

सप्तर्षि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पवित्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने धार्मिक विश्वास छ।

ऋषिपञ्चमी पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds