आज गौरा एवं दुर्वाष्टमी पर्वः सुदूरपश्चिम र मध्यपश्चिममा मनाइँदै

आज गौरा एवं दुर्वाष्टमी पर्वः सुदूरपश्चिम र मध्यपश्चिममा मनाइँदै

gaura

काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ। भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। पहिलो पटक व्रत बस्नेले भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधानमा उल्लेख छ। गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ।

दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्।

सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds