पोखरा । पोखरामा सम्पन्न भएको प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ को उपाधि काठमाण्डौंका राजन लामाले जितेका छन्। मंगलबार भएको फाइनल खेलमा लामाले आफ्ना निकतम प्रतिद्धन्दी काठमाण्डौंकै मिलन तामाङलाई वेष्टअफ थट्टीनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन्।
प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसै गरी उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा सेमिफाईनबाट यात्रा टुगाएका काठमाण्डौंका अजय सुनार र पोखराका दीपेश क्षेत्रीलाई आयोजकले प्रोत्साहन स्वरुप जनही १५ हजार १ सय ११ नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । सेमिफाइनलमा राजनले दीपेस र अर्को खेलमा भने मिलनले अजयलाई पराजित गरेका थिए ।
त्यस्तै प्रतियोगिताको हाई हाईयस्ट ब्रेकरमा काठमाण्डौंका आले वाङचुक घोषित भए । उनलाई उपाधिको साथमा क्यू, क्यू वक्स, ट्रफी, मेडल र प्रमाण पत्र वितरण भएको थियो । प्रतियोगितामा पोखराका दीपेस क्षेत्री नवप्रतिभा खेलाडीको रुपमा घोषित भए । विजयी खेलाडीहरुको टोलीलाई पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ५ का वडा अध्यक्ष बिष्णुप्रसाद बराल, बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एव ंपृथ्बी राजमार्ग बस संचालक कम्पनीका पुर्व अध्यक्ष ऐन कुमार शाही, नेपाल विलियर्ड स्नोकर संघका केन्द्रिय कोषाध्यक्ष गंगााम श्रेष्ठ लगायतले वितरण गर्नु भएको थियो ।
प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, वुटवल, चितवन लगायतको क्षेत्रबाट १ सय ६ जना खेलाडीहरु सहभागि भएका थिए । देविज स्नुकर क्लबको आयोजनामा यही भदौं १२ देखि २१ गतेसम्म पोखरामा पहिलो पटक संचालन भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए । राष्ट्रिय प्रशिक्षक संजयकुमार मुल्मीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । आगामी करिब २ महिना पछि बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा विजेता खेलाडीको साथमा नेपालका एक नम्बरमा पर्न सफल खेलाडी रेगन श्रेष्ठ सहभागि हुने भएको संघले जनाएको छ ।
पोखरामा करिब ७० वटा पुल क्लवहरु भए पनि कास्कीको संघमा भने करिब १८ वटा मात्र क्लवबहरु आवद्ध भएको क्लवका प्रथम उपाध्यक्ष राजु गुरुङले बताए । सो प्रतियोगिता सफल पार्न १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताए । पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि र्याङकीङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष